कैलाली ५ बाट रास्वपाका चन्द निर्वाचित

कैलाली क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन्। ३१ हजार ९५४ मत प्राप्त गरेका चन्द निकटतम प्रतिस्पर्धीसँग १९ हजार ९७७ को फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन्।